Tuesday, October 22, 2024

बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनल नजिक

ताजा / भरखरै प्राप्त

एसीसी यू-१९ प्रिमियर कपमा दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।देव खनाल र अर्जुन कुमालको ६८ रनको सम्हालिएको अर्धशतकीय साझेदारीसहित नेपालले दोस्रो जित दर्ता गरेको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।टपअडर आज चल्न सकेन । १० रनमा तीन विकेट गुमाएको अवस्थामा नेपालका लागि देव खनाल र अर्जुन कुमालले क्रिज सम्हाले । अर्जुन र देव दुवैले समान ३२/३२ रन बनाए । देवले २७ बलमा ३२ रनमा अविजित रहे । अर्जुन पनि ३१ बलमा ३२ रन बनाउँदै अविजित रहे ।बहराइनका लागि अनस ओबैड सैदले तीन विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिएका हुन् ।बायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अलआउट भएको हो ।त्यसअघि, ब्याटिङ गरेको बहराइनका लागि माहम्मद वसिल अब्दुल हकिमले सर्वाधिक ३४ रन बनाउँदै दुर्गेश गुप्ताबाट बोलड आउट भए । उनले ७७ बलमा एक चौका र दुई छक्का प्रहार गरेका हुन् ।
टपअडरका तीन ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाँच ब्याटर शून्यमै आउट भए रिसब रमेश र मोहम्मद अलि समान ६ रनमा सीमित भए ।दीपेश आजको खेलमा नेपालका लागि हिरो बने उनले ९.५ ओभरमा ८ ओभर मेडन गराउँदै ४ रन मात्रै खर्चेर ६ विकेट लिए । दुर्गेशले भने ८ ओभर बलिङ गर्दै १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।नेपालले पहिलो खेलमा इरानमाथि २७४ रनको फराकिलो जित निकालेको थियो ।समूह ए मा रहेका नेपाल र साउदी दुवैले पहिलो खेलमा जित निकालेका छन् । पहिलो खेलमा फराकिलो जित निकालेको नेपाल हालसम्म समूहको शीर्ष स्थानमा रहेको छ । साउदीले आज इरानसँग खेल्दैछ ।नेपालले समूह चरणको अन्तिम खेल साउदी अरेबीयासँग कात्तिक २ गते खेल्नेछ ।

Previous article
यादवकाे लगानी , चाैलागाईकाे क्यारिङ१३ लाखको कपडा बरामदपरासी । पश्चिम नवलपरासीको सरावलमा भन्सार छली गरेर ल्याएको करिब १३ लाख बराबरको तयारी कपडा प्रहरीले बरामद गरेको छ । नेपाल भारत सीमावर्ती सरावल गाउँपालिका-७ बुलन्दपुरबाट कुर्ता-सरवाल, साडी, टप्सलगायत कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।बरामद भएको कपडा भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ ।सरावलमा बरामद भएको कपडा व्यापारी राम प्रसाद यादवको भएको खुलेको छ। बिरगंज घर भएर चितवनको नारायणगढमा व्यापार गर्दै आएका राम प्रसाद यादवले आंफुले बेच्ने कपडा बर्दघाटका बिष्णु चाैलागाईलाई क्यारिङ गर्न दिदै आएका थिए। क्यारिङकाे नाममा स्थानीय प्रहरीलाई सेटिङ मिलाएर तस्करी धन्दा गर्दै आएका बिष्णु चापागाईंले यसपटक भने सेटिङ मिलाउन नसक्दा उनलेे ल्याएको कपडा बरामद भएको हो । इप्रका महेशपुरका प्रहरी निरीक्षकले उनको कपडा बरामद गरेका हुन । चाडपर्व नाजिकिएसँगै बजारमा नयाँ लत्ताकपडाको माग बढेपछि भन्सार छलेर भारतबाट समान भित्र्याउने क्रम बढेको छ ।भन्सार कार्यालयमा एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा कर तिर्नुपर्ने भएपछि चोर नाकाबाट भन्सार छलेर सामान भित्रिरहेको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles