स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न:बुटवल ।“६८ औं प्रहरी दिवस २०८०” को अवसरमा प्रहरी प्रधान कार्यलय द्वारा आयोजित प्रहरी दिवस रनिङ्ग कप पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल लुम्बिनी प्रदेश प्रहरीको भलिबल टिमलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. उमेश राज जोशीको प्रमुख आतिथ्यतामा यस केन्द्रमा आज २०८०/०६/२८ गते बैण्ड बाज सहित स्वागत तथा सम्मान कार्यक्रम सु-सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथीबाट खेलाडीहरुलाई बधाई तथा सम्मान गर्नुका साथै आफ्ना सान्दर्भिक भनाई बाट हौसला प्रदान गरिएको थियो ।