Monday, June 30, 2025

डीआईजी ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार :सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्रदान गरिएको छ ।प्रहरी प्रधान कार्यालयले गरेको अनुगमन तथा मूल्याङ्कनबाट सातवटै प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट सिर्जनशील कार्य पुरस्कार प्रदान गरिएको हो ।डीआईजी ढकाललाई मंगलबार ६८ औँ प्रहरी स्थापना दिवसको अवसरमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पुरस्कार प्रदान गरे ।कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेयता ढकालले ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ मार्फत घरघरमा ‘स्टिकर टाँस’ अभियान सञ्चालन गरेका थिए । उक्त अभियान अन्तर्गत प्रदेशका सबै ३ लाख ६६ हजार हजार घरधुरीमा स्टिकर टाँस गरिएको प्रदेश प्रहरीको दावी छ ।

ताजा / भरखरै प्राप्त

यसका साथै डीआईजी ढकालले प्रदेशका कारागा तथा हिरासतहरुमा किताब अभियान र लागुऔषध विरूद्ध लालटिन अभियान जस्ता कार्याक्रम सञ्चालन गरेका छन् ।त्यस्तै प्रहरी प्रधान कार्यालयले आन्तरिक स्रोत व्यवस्थापन गरी उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकालाई सम्मान गरेको छ ।

Previous article
Next article
लागुऔषध कारोबार गरेको आरोपमा भक्तपुरबाट ४ जना पक्राउलागुऔषध कारोबार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका घर भएका २८ वर्षीय सुशान्त अवाल, सप्तरी घर भएका २६ वर्षीय कृष्ण कुमार दास, २७ वर्षीय दिपेन्द्र कुमाार यादव र २९ वर्षीय जितेन्द्र्र कुमार रमन छन् ।असोज २३ मा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले भक्तपुर नगरपालिका–२ सानेब्यासीबाट बागमती प्रदेश–०२–०३४ प २३२५ नम्बरको स्कुटरमा सवार सुशान्तलाई पक्राउ गरेको थियो । सुशान्त सवार स्कुटरको डिकीमा नोर्फिन ४५ एम्पुल, डाइजेपाम ४५ एम्पुल, फेनारगन ४५ एम्पुल र ६ थान सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।सुशान्तको बयानको आधारमा थप ४ जना पक्राउ परेका हुन् । आरोपीहरुबारे जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles