Monday, June 30, 2025

भर्खरै कारबाही भोगेका ‘डीएसपीसाप’ लाई पदक !

ताजा / भरखरै प्राप्त

AA
टेकसिंह धामी
प्रहरी दिवस २०८० को अवसरमा प्प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशी पुरस्कृत भएका छन् ।प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको हातबाट डीएसपी जोशी पुरस्कृत भएका हुन् । वडा प्रहरी कार्यालय बैदाम, कास्कीको प्रमुख रहँदा जोशीले उत्कृष्ट सेवा गरेवापत पदक पाएको बताइएको छ ।
तर, जोशीलाई दिइएको पदकमा प्रश्न चिन्ह खडा भएको छ । राजनैनिक पहुँचका भरमा उनलाई पदक दिइएको बताइन्छ । असोज १० गते जोशी कारबाहीमा परेका थिए । कारबाहीको एक महिना नपुग्दै उनलाई पदक दिइएको हो ।गृह मन्त्रालयले वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत रहँदा जोशीलाई हेडक्वार्टर तानिएको थियो । कास्कीको पोखरास्थित मणिपाल अस्पताल प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशीलाई त्यतिबेला प्रहरी प्रधान कार्यालयमा ल्याइएको थियो ।

डीएसपी जोशीको ठाउँमा अर्का डिएसपी राजेन्द्र श्रेष्ठलाई पठाइएको थियो । त्यतिबेला मणिपालमा लमजुङकी ५७ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि तनाव भएको थियो ।सोही क्रममा मृतकका आफन्त र स्थानीयबासिन्दाका साथै प्रहरीबाटै डाक्टरमाथि आक्रामण भएको थियो । मृतकका आफन्त र चिकित्सकबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा सुरक्षामा खटिएका एक प्रहरीले ‘डाक्टरलाई साप चुटेर आएँ’ भन्दै आक्रोशित भीडलाई उक्साएका थिए । सोही प्रकरणलाई लिएर जोशीको सरुवा भएको थियो ।त्यसअघि कैलालीमा बस्दासमेत उनी विवादित बनेका थिए ।साभार

Previous article
सल्लाह नै नगरी कोशी सरकारको मन्त्रिपरिषद्‍मा एमालेलाई छिराएको भन्दै देउवा रुष्टकोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सल्लाह नै नगरी मन्त्रिपरिषद्‍मा एमालेलाई सहभागी गराएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा रुष्ट भएका छन् ।आफ्नै निवास धुम्बाराहीमा आज पार्टीका उपसभापति र महामन्त्रीहरुसँग छलफल गरेका सभापति देउवाले कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले गरेको मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि जनाएका हुन् ।देउवाले गठबन्धनले नै समर्थन गर्ने बताइरहेका बेला कार्कीले मन्त्रिपरिषद्‍मा एमालेलाई समावेश गरेर पार्टीको निर्णय र पद्धतिको अवज्ञा गरेको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । कार्कीले गल्ती नसच्याए विश्वासको मत दिने विषयमा पनि सोच्नुपर्ने देउवाको भनाइ थियो । सहभागी अन्य पदाधिकारीले भने छलफलबाट समाधान निकाल्नुपर्ने बताएका थिए ।कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् । तर, कांग्रेस भने विश्वासको मत दिने नदिने विषयमा अनिर्णीत छ । भोलि पुनः बस्ने पदाधिकारीको बैठकमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles