Monday, June 30, 2025

सल्लाह नै नगरी कोशी सरकारको मन्त्रिपरिषद्‍मा एमालेलाई छिराएको भन्दै देउवा रुष्टकोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सल्लाह नै नगरी मन्त्रिपरिषद्‍मा एमालेलाई सहभागी गराएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा रुष्ट भएका छन् ।आफ्नै निवास धुम्बाराहीमा आज पार्टीका उपसभापति र महामन्त्रीहरुसँग छलफल गरेका सभापति देउवाले कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले गरेको मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि जनाएका हुन् ।देउवाले गठबन्धनले नै समर्थन गर्ने बताइरहेका बेला कार्कीले मन्त्रिपरिषद्‍मा एमालेलाई समावेश गरेर पार्टीको निर्णय र पद्धतिको अवज्ञा गरेको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । कार्कीले गल्ती नसच्याए विश्वासको मत दिने विषयमा पनि सोच्नुपर्ने देउवाको भनाइ थियो । सहभागी अन्य पदाधिकारीले भने छलफलबाट समाधान निकाल्नुपर्ने बताएका थिए ।कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् । तर, कांग्रेस भने विश्वासको मत दिने नदिने विषयमा अनिर्णीत छ । भोलि पुनः बस्ने पदाधिकारीको बैठकमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

ताजा / भरखरै प्राप्त

Previous article
गठबन्धनलाई पाँच वर्ष कसैले हल्लाउन सक्दैनधनगढी । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धनलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले टुटाउन नसक्ने दाबी गरेका छन् । यो गठबन्ध पूर्व सहमतिअनुसार पाँच वर्ष नै टिक्ने उनको भनाइ छ ।धनगढीमा सोमबार आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभामा प्रधानमन्त्री दाहालले एमालले टुटाउन गरेको चलखेलमा गठबन्धनका नेताहरु सचेत रहेको बताए ।उनले कोशी विवादले गठबन्धनलाई कमजोर नबानोस् भनेर कांग्रेस सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र आफूबीच लिखित सहमति भएकोसमेत जानकारी दिए ।कोशीको मन्त्रिपरिषद् गठनको विषयमा समेत करेक्सन हुने उनको दाबी छ ।सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीकाअध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, नेत्र विक्रम चन्दलगायतले धारणा राखेका थिए ।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles