उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।
कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया आज मात्रै काठमाडौं ल्याइएको हो । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ । यस वर्षको दशैंमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ ।
बजार
खसीबोका
