गठबन्धनलाई पाँच वर्ष कसैले हल्लाउन सक्दैनधनगढी । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धनलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले टुटाउन नसक्ने दाबी गरेका छन् । यो गठबन्ध पूर्व सहमतिअनुसार पाँच वर्ष नै टिक्ने उनको भनाइ छ ।धनगढीमा सोमबार आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभामा प्रधानमन्त्री दाहालले एमालले टुटाउन गरेको चलखेलमा गठबन्धनका नेताहरु सचेत रहेको बताए ।उनले कोशी विवादले गठबन्धनलाई कमजोर नबानोस् भनेर कांग्रेस सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र आफूबीच लिखित सहमति भएकोसमेत जानकारी दिए ।कोशीको मन्त्रिपरिषद् गठनको विषयमा समेत करेक्सन हुने उनको दाबी छ ।सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीकाअध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, नेत्र विक्रम चन्दलगायतले धारणा राखेका थिए ।साभार।