गडाहाभेडपुरको तस्करी , जनताले समाते तस्करी गर्दा गाईमहोत्तरी । महोत्तरीका नाकाबाट व्यापक तस्करी चलिरहेको छ । प्रहरी चौकी गडाहाभेडपुरको प्रमुख असई रामराज कुशवाहले तस्करीको लाइन दिएका छन् । नियाज र समिरउल गाईगोरूको तस्करीको लाइन दिएका छन् । उक्त समाचार नवजनप्रहारले गत शुक्रबार प्रकाशित गरेको थियो । अहिले १६ वटा गाई गाेरू तस्करी गर्न लाग्दा स्थानीय जनताले पक्राउ गरि एसपी प्रकाश मल्ललाई खबर गरेपछि असई कुशवाह बाध्य भएर ती गाईगाेरू समाउन बाध्य भएका छन् ।