एकदिन अघि त्यही पसलमा बिक्री गरेको चामलको ५५ थान खाली बोरा समेत प्रहरीले बराम गरेको थियो । चामल (प्रति बोरा ५० केजी)को रहेको प्रहरीले बताएको छ।प्रहरीले बरामद चामल बारे अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय रौतहटलाई जाहेर गरेको जनाएको छ । सिडियो धर्मेन्द्रकुमार मिश्रले बरामद चामल बारे आफूलाई प्रहरी प्रतिवेदनबाट जानकारी भएपछि थप अनुसन्धान भइरहेको बताएका छन्। गौर कारागारका प्रमुख जेलर मणिभुषण साहले कैदी बन्दीको लागि दैनिक चामल स्केल ७०० ग्राम खान नसकेर बाँकी रहेको चामल चौकीदारको मार्फत विक्री गरिन्छ। सो बापतको पैसाले सागसब्जी, माछा मासु खरिद गरी उनीहरूलाई नै खान दिईनेगरेको जेलर साहले जानकारी दिएका छन्। कतिपय कैदीहरू स्केलमा आउने चामल बिक्री गरेर जिरा मसिनो र बासमती चामल खाने गरेको उनले स्पष्ट परेका थिए।मात्र २०० बन्दी बस्नसक्ने क्षमता भएको गौर कारागारमा २० महिला बालबालिका सहित करिब ४०० को संख्यामा कैदीबन्दीहरु रहेको छ ।
