Monday, April 21, 2025

कात्तिक, १ गते – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रृखलाअन्तर्गत यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले, निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको हो ।

ताजा / भरखरै प्राप्त

यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए । यस्तै अली नासिरले पनि ३२ रन जोडे । ५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरुले अर्धशतकीय साझेदारी गरेका हुन्।

नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात पारे । विश्वकप छनोटका तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो। नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्ने छ।

क्रिकेट

Previous article
मौलापुरकी मेयर साह पदमुक्तकाठमाडौं । नेकपा एमाले छाडेर आम जनता पार्टीतिर लागेकी मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहको मेयर पद गुमेको छ ।३० वैशाखको स्थानीय तह चुनावमा साह एमालेबाट मेयर निर्वाचन भएकी थिइन् । आम निर्वाचनमा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका पति प्रभु साहले आम जनता पार्टी बनाएपछि मेयर साह पनि त्यही दलमा आवद्ध भइन् ।साहले दल त्याग गरेको भन्दै एमालेले कारबाही गर्दै निर्वाचन आयोगलाई जानकारी गरायो । त्यही सूचनाका आधारमा आयोगको सोमबार बसेको बैठकले मेयर साह पदमुक्त भएको निर्णय गरेको छ ।साहले भने आफूलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएकाले प्रतिवादन गर्ने प्रतिक्रिया दिएकी छन् ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles