Sunday, June 29, 2025

बिहारकाे रामगढवामा गौरका एक युवकको गोली हानी हत्या

ताजा / भरखरै प्राप्त

रौतहट । रौतहटको सदरमुकाम गौरका एक जना युवकमाथि भारत बिहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको छ।वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटर मोतीहारी जाने मुलसडकमा पर्ने रमगढ्वामा मंगलवार गौर नगरपालिका–९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो।

रमगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने मुन्सीको रुपमा जागिरे युवक सिंहमाथि पैसा लुट्ने उद्देश्यले गोली हत्या गरिएको अनुमान गरिएको छ।भारतीय सहर मुजफ्फररपुरबाट मिलको बक्यौता रकम सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो।नजिकैबाट चलाइएको गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए ।
गोली लागेर सिंह ढलेपछि उनले सङ्कलन गरी ल्याएको २९ लाख भारतीय रुपैयाँ उक्त समूहले लुटेर भाग्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।चार जनाको सङ्ख्यामा आएका लुटेरा समूहले सिंह माथि गोली प्रहार गरेको थियो। उक्त समूहले प्रयोग गरेको बिआर २९ जी ७८५१ नम्बरको बोलेरो गाडी प्रहरीले घटनास्थल बाट बरामद भएको तथा थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ। रौतहट प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले घटनाको पुष्टि गर्दै, मृतकको शव मंगलवार साँझ पीडित परिवारको जिम्मा लगाइएको तथा थप अनुसन्धान भारतीय प्रहरीले गरिरहेको जानकारी दिएका छन्।

Previous article
Next article
साधना देवी प्रहरी पराक्रम पुरस्कारबाट प्रहरी सहायक निरीक्षक पुरस्कृतबिराटनगर । यस बर्षको १ लाख धनराशीको नवौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी सहायक निरीक्षक किरण मगरलाई प्रदान गरिएको छ । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने वाहाँलाई ६८ औ प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले पुरस्कृत गरेको हो ।पुरस्कृत भएका मगरले ताप्लेजुङको कन्चन मनि ट्रान्सफरबाट रकम र गहना चोरी गर्ने गिरोह, धरान आसपासमा श्रृखलाबद्ध लुटपाट गर्ने गिरोहलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले वहाँहरुलाई पुरस्कृत गरेको हो ।वर्षभरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरुप साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसा-पत्र समेत प्रदान गर्नु भएको हो ।प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न यस साधनादेबी प्रहरी पराक्रम पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउदै आफ्नी स्वर्गिय माता साधना देबी श्रेष्ठको नाममा बार्षिक रुपमा यसरी प्रदान गर्ने यो पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले हार्दिक धन्यबाद दिनु भएको छ । सोही अवसरमा पुरस्कृत हुने प्रहरी अधिकृतलाई बधाई समेत दिनु भएको छ । साथै प्रहरी दिवसको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक श्रेष्ठलाई प्रमुख अतिथि माननीय केदार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।स्वर्गिय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उदेश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा.बिक्रम श्रेष्ठले आफु लगायत आफ्नो परिवार खुशी भएको बताउनु भएको छ ।पुरस्कृत हुने प्रहरी सहायक निरीक्षकले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरिएबाट संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles