Monday, April 21, 2025

प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरणः मोरङको कटहरी गाउँपालिकाले मोरङ प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरण गरेको छ । कटहरी गाउँपालिका परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी मोरङ प्रहरी र ट्राफिक प्रहरीलाई १० थान साइकल, १ थान कम्प्युटर, १ थान प्रिन्टर, २१ थान ट्राफिक कोण वितरण गरिएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रियामा सहभागी हुन प्रधानमन्त्री दाहाल मुस्ताङमाप्रधानमन्त्री दाहालले कोरलानाका र गत साउनको बाढीले क्षति पुगेको कागबेनीलगायत क्षेत्रको हवाई निरीक्षण पनि गर्नेमुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रियामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल मुस्ताङ पुगेका छन् ।सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम पुगेका दाहालले कोरलानाका, गत साउनको बाढीले क्षति पुगेको कागबेनीलगायत क्षेत्रको हवाई निरीक्षण गर्ने कार्यक्रमसमेत रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । हालैको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो ।चार वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजारभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुमतिपत्र वितरण गरिएको छ । प्रधानमन्त्री दाहालसमक्ष स्थानीय बासिन्दाले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्र मुस्ताङका इन्चार्ज कपिल लामाले जानकारी दिए ।प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायत पुगेका छन् । साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles