महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार ३०० रूपैयाँले बढेर १ लाख १३ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापाावाला सुन तोलामा १ लाख ११ हजार ९०० रूपैयाँमा कारोबार भएको हो ।
त्यस्तै, बुधबार तेजाबी सुन तोलामा १ लाख १२ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ११ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।
यसै गरी, बुधबार तोलामा ३५ रूपैयाँले बढेर चाँदी १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी
