Monday, June 30, 2025

गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित

ताजा / भरखरै प्राप्त

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरीलाई सम्मानित गरेको छ ।६८ औं प्रहरी दिवसको अवसरमा विभिन्न क्षेत्रमा कार्यरत १६ जना प्रहरीलाई सम्मान गरिएको हो ।एक वर्षको अवधिमा कार्यालय मातहतमा रहेर सूचना सङ्कलन, विपद्, अपराध न्यूनीकरणका साथै विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरीलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।सम्मानित हुनेमा कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षकसम्म रहेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले इश्मा र रुरुक्षेत्रमा प्रहरी चौकी निर्माणका लागि निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादातालाई समेत सम्मान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरी दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ ।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles