आज शनिबार फूलपातीका दिन शुभकामना सन्देश जारी गर्दै उनले नेपाली विशिष्टता र मौलिकताको सम्वर्द्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहललिन सक्ने भन्दै यसको जगेर्ना गर्दै राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।
विविधता सहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ। यसको जगेर्ना गर्दै बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक एवं बहु धार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत तुल्याई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो।
मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र रहेका रूढीवाद, अन्धविश्वासलाई समयानुकूल परिवर्तन गर्न प्रतिबद्ध रहेको पनि बताए । लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती भएको भन्दै देशलाई समृद्धितर्फ लैजान सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी भएको बताए ।
सुशासन र सामाजिक न्यायको प्रत्याभूति सहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको भन्दै सरकारको यो प्रयासमा सम्पूर्ण जनताको ऐक्यवद्धता महत्वपूर्ण भएको बताए ।
प्रधानमन्त्री
फूलपाती
