परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गा.पा. २ गोपालपुर स्थित दशगजा नजिकै रहेको बगैचामा लुकाई छिपाई राखेको पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ। विशेष सुचनाको आधारमा अ. मुल्य रु ९,०६,०००/- बरावरको विभिन्न प्रकारका पटका प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरकाे टोलिले बरामद गरेको हो।बरामद पटाका जिल्ला प्रशासन कार्यालय लगागत सराेकारवाला निकायहरूकाे रोहबरमा नस्ट गरिएको छ।

