Monday, June 30, 2025

राती सुतिरहेकै ठाउँमा कुकर प्रहार गरी आफ्नै श्रीमतिको हत्या गर्ने पुरुष भाग्दै गर्दा पक्राउ परेका छन् । बुधबार उदयपुर प्रहरीले पत्रकार सम्मेलन गर्दै घटना घटाएर भारततर्फ भाग्दै गरेका सन्तोष भनिने पिटर राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ताजा / भरखरै प्राप्त

जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर– ७, नागबेलीका घर भएका ३१ वर्षीय पिटरले श्रीमतीलाई सुतिरहेको अवस्थामा प्रेसर कुकर प्रहार गरेका थिए । कुकर प्रहारबाट टाउकाको दुवै भाग फुटिसकेको श्रीमति २८ वर्षीया छविमाया राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याएलगत्तै ज्यान गएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर– ५ श्रीपुरमा मृतक श्रीमति छविमाया र हत्यामा संलग्न श्रीमान पिटर पाहुनाको रुपमा दिदीको घरमा आएका थिए । बेलुकाको खाना खाएर सुत्न कोठाभित्र पसेका पिटरले एक्कासी साढे ८ः०० बजेतिर कुकर प्रहार गरेको आवास सुनिएको स्थानीयले बताएका छन् । मृतकसँगै सुतेकी दिदीले केही बज्रिएको जस्तो आवाज सुनेपछि झस्कीएर उठ्दा बहिनीको टाउकोमाथि ज्वाईले कुकर प्रहार गर्दै गरेको दृष्य देखेको सुनाईन् । ज्वाईको कुटाईबाट बहिनी जोगाउन खोज्दा आफूलाई समेत प्रहार भएको मृतककी दिदीले बताइन् ।

Previous article
अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो गरेन : पूर्वराजाआम नेपाली जनताहरु राजनीतिक दल र देशको वर्तमान अवस्थाप्रति वितृष्णा पैदा भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएका छन् । उनले अहिले मूलधारमा रहेका राजनीतिक दलहरू र वर्तमान व्यवस्थाप्रति पनि असन्तुष्टि जनाउँदै आएका छन् ।पूर्व राजा ज्ञानेन्द्र पछिल्लो समय कहिले राजसंस्था पक्षधर दलका नेताहरूसँग भेट्ने त कहिले विभिन्न जिल्लाको भ्रमण गर्ने वा विज्ञप्ति निकाल्ने जस्ता कारणले चर्चामा आइरहेका छन्।पूर्वराजा ज्ञानेन्द्र शाहले आज पनि दसैँको शुभकाना दिँदै देशको दुरवस्थाप्रति चिन्ता प्रकट गरेका छन् । अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो नगरेको उनको निष्कर्ष छ ।पूर्वराजाले आज जारी गरेको शुभकामना सन्देशमा भनेका छन्–‘डेढ दशकको अवधिमा जनता उतिविधि उत्साहमा छैनन्, हर्षित छैनन् । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍यो न त सुधार आयो । हाम्रो देश झन् झन् खराबीतिर गयो भन्ने आम जनगुनासो सुनिन्छ ।’जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनुपर्नेमा उनको माग छ । सन्देशमा भनिएको छ–‘देश र जनतामाथि अब कुनै प्रकारको घात हुनुहुँदैन, हाम्रो यही चाहना हो ।’
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles