कपिलवस्तुमा दुर्गा विसर्जनको रौनककपिलवस्तु — कडा सुरक्षा सतर्कता अपनाउँदै जिल्लाको विभिन्न ठाउँमा निकालिएका दुर्गा झाँकी बुधबार विसर्जन गरिएकोछ । कतै घटस्थापना र कही सप्तमीका दिनदेखि श्रद्धालु भक्तजनले दुर्गा मूर्तिको झाँकी निकालेका थिए ।कपिलवस्तु नगरपालिकाको १४ वटै वडामा निकालिएको दुर्गा झाँकी रामघाट र जमुवार खोलमा सेलाइएकोछ । त्यस्तै वाणगंगा नगरपालिकामा निकालिएको दुर्गा झाँकी लक्ष्मणघाटमा सेलाइएकोछ ।कृष्णनगरमा निकालिएको झाँकी सुरही खोलामा सेलाइएकोछ । बाजागाजा र धार्मिक गीत बजाइ नाच्दै जिल्लाका १० स्थानीय तहमा निकालिएका ३ सय २९ दुर्गा झाँकी सेलाइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।दुर्गा मूतिका लागि सुरक्षा रणनीति बनाएरै विसर्जन गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए । दुर्गा भवानीसँगै राक्षस, बाघ, गणेश, लक्ष्मी, सरस्वती, शिव र कार्तिकेलगायत भगवानका मूर्ति पनि विसर्जन गरिएको थियो । सदरमुकाममा मात्र २५ बढी दुर्गा झाँकी निकालिएको थियो ।