Sunday, June 29, 2025

जनकपुरमा युवक मृत फेला

ताजा / भरखरै प्राप्त

जनकपुरधाम । जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परेको हो । मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।उनका अनुसार मुखमा रगत देखिएको छ र घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको उनले बताए । हत्या घटना रातिकै हुन सक्ने प्रहरीको अनुमान छ ।

Previous article
सर्लाहीमा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप, दुई प्रहरी घाइतेमलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारले जानकारी दिए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।मलंगवाको जिविस चोकमा गरिएको दुर्गा पूजाको मुर्ति सेलाउन लैजान प्रशासनले रुट निर्धारण गरेको थियो । विगतमा मुर्ति विर्सजनको क्रममा भएको विवादलाई मध्यनजर गर्दै प्रशासनले रुट निर्धारण गरेको थियो ।तर स्थानीयले विगतकै मुस्लिम वस्ती हुँदै जाने रुटबाट लैजान खोजेपछि प्रहरीले रोकेको थियो । त्यस क्रममा तनाव बढेपछि थप प्रहरी परिचालन गरी स्थानीय प्रशासनले तोकेकै रुटबाट लगेर विसर्जन गरिएको छ ।डिएसपी पजियारका अनुसार अहिले अवस्था समान्य भएको छ ।प्रहरीका अनुसार जिल्लामा ६५ बढी स्थानमा दुर्गा पूजा गरिएको थियो । अन्य ठाउँमा शान्तपूर्वक रुपमा मूर्ति विर्सजन भएको प्रहरीले जनाएको छ ।
Next article
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार (पीके) सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ ।भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सेढाईंको मृत्यु भएको मनाङ एयर प्रालिले विज्ञप्ति जारी गरी जानकारी दिएको हो । मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर गत असोज २७ गते बिहान सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेर आगलागी भएको थियो । हेलिकप्टरमा क्याप्टेन सेढाईंमात्र थिए ।दुर्घटनापछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि असोज २८ गते भारत लगिएको थियो ।मनाङ एयर प्रालिले क्याप्टेन सेढाईंको मृत्युको खबरले स्तब्ध बनाएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै प्रालिले भनेको छ, ‘चिकित्सकहरुको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा उहाँको दुःखद निधन भएको व्यहोरा जानकारी गराउँदछौं । उपचारका क्रममा सहयोग पुयाउनु हुने अस्पताल, चिकित्साकर्मी, परिवारजन तथा शुभेच्छुकमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।’तीन महिनाको अवधिमा दुई पटक मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles