Saturday, June 28, 2025

वीरगंज महानगरपालिकाकाे वडा नं. ७ का वडाध्यक्ष हिराकाजी महर्जनले प्रहरी चाैकी नगवाका प्रहरी नायब निरिक्षक (सई) रविन्द्र साह तुराहाले आफुमाथि कुटपिट गरेकाे भन्दै कारवाहीकाे माग गरेका छन् ।

ताजा / भरखरै प्राप्त

बुधबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष महर्जनले वडामा भइरहेकाे दुर्गा पुजामा सहभागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे बेला आफु साेधपुछ गर्न पुग्दा सई तुराहाले आफुमाथि मुकाले हिर्काएर आँखा फाेडेकाे आराेप लगाएका हुन् ।

उनले भने “महाअष्टमीकाे दिन टाेलमा दुर्गा पुजा भएकाे पण्डालमा सांस्कृतिक कार्यक्रम भइरहेकाे थियाे । मैले घरमा सुतेका थिए, प्रहरीले पण्डालमा भइरहेकाे सांस्कृतिक कार्यक्रम बन्द गर्न भन्याे । त्यसपछि पुजा समितिका भाईहरु मेराे घरमा पुगी मलाई बाेलाएर लिएर आए । मैले भइरहेकाे भाेजन कार्यक्रम केही समय अरु हुन दिनु भनेर प्रहरीलाई भने । जिल्लाबाट पुगेका इन्सपेक्टर साव मेराे कुरा मान्नु पनि भयाे । त्यस अनुसार नै कार्यक्रम भइरहेकाे थियाे । साेही क्रममा समितिका एक जना भाईलाई प्रहरीले नियन्त्रणमा लियाे । त्याे भाईलाई छुटाउन जादा ममाथि सई सावले पछाडीबाट हिर्काउनु भयाे र म तल खसिहाले ।

मैले तल खसिसक्दा पनि प्रहरीले ममाथि लठीले हिर्काएकाे वडाध्यक्ष महर्जनले पत्रकार सम्मेलनमा सुनाए । प्रहरीकाे लठीले हानेका कारण मराे शरिरकाे विभिन्न भागमा चाेटपटक समेत लागेकाे उनले पत्रकार सम्मेलन मै देखाए ।

त्यसपछि कार्यक्रममा सहभागि भएका स्थानियहरुले प्रहरी विराेध प्रदर्शन गर्न थालेपछि प्रहरीले गुण्डागर्दी शैलीमा मलाई नियन्त्रणमा लिएर रक्सी खाएकाे आराेपमा जिल्ला प्रहरी कार्यालय पर्सामा लगेर रात भरि राखेकाे वताए । उनले मसंगै सुरुमा अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे वताए । त्यसपछि पनि प्रहरी विराेधकाे प्रदर्शन नराेकिएपछि प्रहरीले लाठी चार्ज गर्दै अन्य २ जनालाई पनि नियन्त्रणमा लिएकाे वताए ।

नगवाका सई सावले पुरानाे रिसवीका कारण आफुमाथि दुर्व्यवहार गरेकाे वडाध्यक्ष महजर्नकाे आराेप लगाएका छन् ।

Previous article
प्रहरी जवानले गरे गोली हानी आत्महत्याइनरुवा । सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् ।मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका-२ घर भई कोशी गाउँपालिका-४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो ।घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।
Next article
कपिलवस्तुमा दुर्गा विसर्जनको रौनककपिलवस्तु — कडा सुरक्षा सतर्कता अपनाउँदै जिल्लाको विभिन्न ठाउँमा निकालिएका दुर्गा झाँकी बुधबार विसर्जन गरिएकोछ । कतै घटस्थापना र कही सप्तमीका दिनदेखि श्रद्धालु भक्तजनले दुर्गा मूर्तिको झाँकी निकालेका थिए ।कपिलवस्तु नगरपालिकाको १४ वटै वडामा निकालिएको दुर्गा झाँकी रामघाट र जमुवार खोलमा सेलाइएकोछ । त्यस्तै वाणगंगा नगरपालिकामा निकालिएको दुर्गा झाँकी लक्ष्मणघाटमा सेलाइएकोछ ।कृष्णनगरमा निकालिएको झाँकी सुरही खोलामा सेलाइएकोछ । बाजागाजा र धार्मिक गीत बजाइ नाच्दै जिल्लाका १० स्थानीय तहमा निकालिएका ३ सय २९ दुर्गा झाँकी सेलाइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।दुर्गा मूतिका लागि सुरक्षा रणनीति बनाएरै विसर्जन गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए । दुर्गा भवानीसँगै राक्षस, बाघ, गणेश, लक्ष्मी, सरस्वती, शिव र कार्तिकेलगायत भगवानका मूर्ति पनि विसर्जन गरिएको थियो । सदरमुकाममा मात्र २५ बढी दुर्गा झाँकी निकालिएको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles