Saturday, June 28, 2025

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा टिका तथा प्रसाद प्रदान

ताजा / भरखरै प्राप्त

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा दसैं २०८० को अवसरमा बुधबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि दिउँसो १ बजे देखि ४ बजेसम्मको समय तोकिएको थियो ।
टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो ।

Previous article
कपिलवस्तुमा दुर्गा विसर्जनको रौनककपिलवस्तु — कडा सुरक्षा सतर्कता अपनाउँदै जिल्लाको विभिन्न ठाउँमा निकालिएका दुर्गा झाँकी बुधबार विसर्जन गरिएकोछ । कतै घटस्थापना र कही सप्तमीका दिनदेखि श्रद्धालु भक्तजनले दुर्गा मूर्तिको झाँकी निकालेका थिए ।कपिलवस्तु नगरपालिकाको १४ वटै वडामा निकालिएको दुर्गा झाँकी रामघाट र जमुवार खोलमा सेलाइएकोछ । त्यस्तै वाणगंगा नगरपालिकामा निकालिएको दुर्गा झाँकी लक्ष्मणघाटमा सेलाइएकोछ ।कृष्णनगरमा निकालिएको झाँकी सुरही खोलामा सेलाइएकोछ । बाजागाजा र धार्मिक गीत बजाइ नाच्दै जिल्लाका १० स्थानीय तहमा निकालिएका ३ सय २९ दुर्गा झाँकी सेलाइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।दुर्गा मूतिका लागि सुरक्षा रणनीति बनाएरै विसर्जन गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए । दुर्गा भवानीसँगै राक्षस, बाघ, गणेश, लक्ष्मी, सरस्वती, शिव र कार्तिकेलगायत भगवानका मूर्ति पनि विसर्जन गरिएको थियो । सदरमुकाममा मात्र २५ बढी दुर्गा झाँकी निकालिएको थियो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles