Sunday, June 29, 2025

आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष आजबाट समाप्त हुँदै छ । आज अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको रातीभरि जाग्राम बसेर पूजाआराधना गरेपछि औपचारिक रूपमा बडा दशैं सकिन्छ ।

ताजा / भरखरै प्राप्त

आजबाट गरिने बडादशैंको समापनसँगै कोजाग्रत पूर्णिमाबाटै कार्तिक स्नान र आकाशदीप एक महिनासम्म प्रन्वलन गरिन्छ । वर्ष दिनमा १२ वटा र अधिकमास परेका बेला थप एक पूर्णिमा पर्छन् । धन र बैभवकी देवी महालक्ष्मीले कोजाग्रत पूर्णिमाको राति पृथ्वीको भ्रमण गर्ने र लक्ष्मीको रातभरि जागै बसेर जसले पूजा–आराधना गरिरहेको छ । उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ ।

यही विश्वासका कारण आज राति गृहिणीहरू पूजा कोठा वा पवित्र स्थानमा जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्ने गर्दछन् ।कोजाग्रत पूर्णिमाका दिन राष्ट्र प्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पूजा अर्चना गरी त्यस वर्षको बडादशैंको समापन भएको र आकाशदीप तथा कार्तिक महात्म्य सुरु भएको जनाउ दिने प्रचलन छ ।

यो सँगै आश्विन शुक्लपक्ष कोजाग्रत पूर्णिमाका दिनदेखि कार्तिक शुक्ल पूर्णिमासम्म प्रसिद्ध नदी, त्रिवेणी , महत्त्वपूर्ण तलाउ तथा तीर्थस्थलमा स्नान गरिन्छ एक महिनासम्म कार्तिक स्नान गरि आकाशदिप दान गर्ने कार्यको सुरु हुन्छ । शास्त्रअनुसार कार्तिक स्नान गर्दा ब्रह्ममुहूर्तमा गर्नु उत्तम रहने मानिन्छ ।

बडादशैं

Previous article
Next article
दसैँ सुरक्षा : उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइतेकाठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ । विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । फूलपातीयता आजसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दसैँ विगतका वर्षहरुमा भन्दा सौहार्दपूर्ण रुपमा सकिएको छ ।उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको थियो । तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर तीनै जिल्लामा सुरक्षा निगरानी गरिएको उनले जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले भने “सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको थिएन । सादा पोसाकमा पनि प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी गरिएको थियो भने सुरक्षा निगरानीका लागि ड्रोन र कुकुरको समेत प्रयोग गरिएको थियो । यस अवधिमा उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बन्यो । अब छठसम्मै यसलाई जारी राख्ने योजनाका साथ निगरानी भइरहेको छ ।”
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles