Sunday, June 29, 2025

कोजाग्रत पूर्णिमा, मान्यजनबाट आज पनि टीका लगाइँदै

ताजा / भरखरै प्राप्त

बडादसैंको टीकाको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा । मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि टीका लगाउँदै छन् ।विजयादशमीका दिन टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ । नौ दिनसम्म पूजा आराधना गरी विजया दशमीको दिन देवी विसर्जन गरेपछि टीका र जमरा लगाउन सुरु हुन्छ । पञ्चाङ निर्णायक समितिले कोजाग्रत पूर्णिमाका दिनसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहने जनाएको छ ।
आजको दिनमा घरघरमा घटस्थापनाका दिनमा राखिएको जमरा साँझ विसर्जन गरिन्छ ।
यस्तै केही दिन सुनसान रहेको काठमाडौंमा भने चहलपहल बढेको छ ।

Previous article
दसैँ सुरक्षा : उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइतेकाठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ । विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । फूलपातीयता आजसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दसैँ विगतका वर्षहरुमा भन्दा सौहार्दपूर्ण रुपमा सकिएको छ ।उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको थियो । तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर तीनै जिल्लामा सुरक्षा निगरानी गरिएको उनले जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले भने “सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको थिएन । सादा पोसाकमा पनि प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी गरिएको थियो भने सुरक्षा निगरानीका लागि ड्रोन र कुकुरको समेत प्रयोग गरिएको थियो । यस अवधिमा उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बन्यो । अब छठसम्मै यसलाई जारी राख्ने योजनाका साथ निगरानी भइरहेको छ ।”
Next article
टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए। टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम ) ढकाल र सागर ढकाल टिममा अटाएनन्।एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles