Tuesday, July 1, 2025

खैरहनी नगरपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको धानको बीउबाट राम्रो उत्पादन नभएपछि किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ७५ प्रतिशत कमी हुने देखिएपछि यस क्षेत्रका किसान चिन्तित बनेका हुन् ।

ताजा / भरखरै प्राप्त

खैरहनी नगरपालिका–९ का रवीन्द्र पाठकले अहिले धानको उत्पादनले घाटा मात्रै बेहोर्नु परेको बताए । उनले भने, “अघिल्ला वर्षहरुमा एक कट्ठामा चार मुरीसम्म धान फलेको थियो । अहिले एक कट्ठामा एक मुरी मात्रै फलेको छ ।”

नगरपालिकाले ५० प्रतिशत अनुदानमा साँवा मन्सुली धानको बीउ उपलब्ध गराएपछि त्यही धान लगाएको जनाउँदै उनले भने, “यस वर्षको उत्पादनले खान त पुग्ला । जोत्ने, गोड्ने, काट्ने खेतालालाई कसरी तिर्ने ।” आफूले तीन बिघा चार कट्ठा क्षेत्रफलमा साँवा मन्सुली धान लगाएको बताउँदै उनले आफू मात्रै नभएर अनुदानको धानको बीउ रोप्ने सबै किसान मर्कामा परेको गुनासो गरे । पालिकाले अनुदानमा दिएको धानको बीउ माटो सुहाउँदो छ÷छैन भन्ने बुझेरमात्र गर्नुपर्नेमा त्यस्तो नहुँदा समस्या आएको उनले बताए ।

अघिल्ला वर्षहरुमा सावित्री धान लगाउने गरेका पाठकले अहिले धानको बीउमा परिवर्तन गरे। यस पालिकामा अनुदानमा चार हजार दुई सय किलो धानको बीउ वितरण गरिएको थियो । ७० हेक्टर क्षेत्रफललाई पुग्ने अनुमानका साथ बीउ वितरण गरिएको भए पनि उत्पादन आशा गरे अनुसारको नभएको कृषि शाखाका प्रमुख गौरव न्यौपानेले बताए । सङ्घीय सरकारको बजेटमा अनुदानमा बीउ वितरण गरिएको भए पनि त्यस बीउबाट फल राम्रो लाग्न नसकेको उनले बताए।

उनले भने, “सरकारले बनाएको डेसिसमार्फत धान खरिद गरी किसानलाई उपलब्ध गराएका हौँ ।” यस धानमा ९० प्रतिशतमा रोग र किराको प्रकोप देखिएको उनले बताए । सित ब्लाइट, सित रट, गवारो, ब्याक्टेरियल प्यानिगल ब्लाइट ‘दाना डडुवा’ जस्ता समस्या देखिएकाले पनि धान उत्पादनमा कमी आएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए । अनुदानमा दिइएको धानमा दुई सय ४५ टन उत्पादन हुने अनुमान गरिएको भए पनि २० देखि ३० प्रतिशतमात्र उत्पादन भएको उनले बताए ।

किसान
बाग्मती प्रदेश

Previous article
युनिभर्सल मेडिकल कलेजका विद्यार्थी १२ दिनदेखि रिले अनसनमाकाठमाडौँ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका विद्यार्थीहरू विगत १२ दिनदेखि रिले अनसनमा बस्दै आएका छन् । कलेजका प्रिन्सिपल प्राडा लक्ष्मी पाठकको राजीनामा माग गर्दै विद्यार्थीहरू विगत १२ दिनदेखि रिले अनसनमा बस्दै आएका हुन् ।दसैँको अवसरमा समेत विद्यार्थीहरूले कलेज परिसरमै रिले अनसनमा बसेका हुन् । उनीहरूले अहिले प्रिन्सिपल पाठकको राजीनामा माग गर्दै आएका छन् । कलेज प्रशासनले उल्टै विभिन्न खालको धम्की दिँदै आएको विद्यार्थीहरूले बताएका छन् ।आन्दोलन र रिले अनसनमा सरिक हरेक विद्यार्थीहरूलाई धम्की दिँदै आएको विद्यार्थीहरूको भनाई छ । प्रिन्सिपल पाठककै कारण यत्रो दिन कलेज तथा शिक्षण अस्पताल ठप्प रहेको उनीहरूको भनाई छ । मेडिकल कलेज प्रशासनले ड्रेस कोड अनिवार्य गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए । कलेज प्रशासनले एमबिबिएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्न गर्ने विद्यार्थीहरूका लागि गोजीबीनाको पहेँलो सर्ट र कालो पाइन्ट ड्रेस कोड तोकेको थियो । विद्यार्थीहरूले उक्त ड्रेसकोड अव्यवहारिक रहेको भन्दै संशोधन गर्न माग गर्दै आएका थिए । तर, कलेज प्रशासनले उक्त निर्णयबाट पछि हट्न नसकिने बचाएपछि विद्यार्थीहरूले दुई सातादेखि कलेज परिसरभित्रै आन्दोलन गर्दै आएका थिए । तर, कलेज प्रशासनले विद्यार्थीहरूको आन्दोलनप्रति बेवास्ता गर्दै आएपछि विद्यार्थीहरूले अहिले प्रिन्सिपलको राजीनामा एकसुत्रीय माग अघि सार्दै आएका हुन् । ड्रेस कोडसँगसँगै आफूहरूमाथि भइरहेको श्रम शोषण तथा विद्यार्थीहरूलाई परीक्षा दिन रोक लगाएकोविरुद्धमा समेत आन्दोलन गरिरहेको विद्यार्थीहरूले बताए ।मेडिकल कलेजले इन्टर्नसीप गर्ने डाक्टरहरूलाई १० हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ । उक्त पारिश्रमिक समेत बढाउनुपर्ने आफुहरूको माग गरेको विद्यार्थीहरूले बताए ।रिले अनसनमा मेडिकल कलेजमा पढ्ने सबै एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले साथ दिइरहेका छन् । त्यस्तै आंशिक चिकित्सकहरूले समेत साथ दिइरहेको विद्यार्थीहरूको दाबी छ । प्रिन्सिपल डा. पाठकको राजीनामा नआउँदासम्म रिले अनशन जारी रहने एक विद्यार्थीले बताए । ड्रेस नलगाएको निहुँमा एमबीबीएस अन्तिम वर्षको कक्षा नै रद्द गरिदिएको ती विद्यार्थीले बताए । विद्यार्थीहरू दुई सातादेखि आन्दोलित बनिरहँदा कलेज प्रशासन, तथा व्यवस्थापन पक्ष वार्ता तथा माग सम्बोधनका लागि सकारात्मक देखिएको छैन ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles