Sunday, June 29, 2025

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए। टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम ) ढकाल र सागर ढकाल टिममा अटाएनन्।एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
आज कांग्रेसको चियापानकाठमाडौं । नेपाली कांग्रेसले आज दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा चियापान कार्यक्रम गर्दै छ ।पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म चियापान कार्यक्रम चल्ने कांग्रेसले जनाएको छ ।चियापानमा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखहरू लगायतलाई आमन्त्रण गरिएको छ ।यस्तै चियापानमा विभिन्न सञ्चारमाध्यमका प्रमुख, पत्रकार, गैरआवासीय नेपालीका संघ-संस्थाका प्रमुखलगायत विशिष्ट महानुभाव, कांग्रेसका सदस्य एवं शुभेच्छुकहरुलाई सहभागिता जनाउन कांग्रेसको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेसका अनुसार झन्डै १० हजार जनालाई चियापानमा आमन्त्रण गरिएको छ ।२०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान-प्रदान गर्दै आएको छ ।चियापान कार्यक्रमलाई बीपीको निधनपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले निरन्तरता दिँदै आएका थिए । सुशीलको निधनपछि शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । कोरोनाका कारण भने विगतका वर्षहरूमा कांग्रेसको चियापान रोकिएको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles