Saturday, June 28, 2025

मनीषा कोइराला लन्डनमा सम्मानितलन्डन — अभिनेत्री मनीषा कोइराला लन्डनमाग सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले शुक्रबार लन्डनस्थित बेलायती संसद् हाउस अफ कमन्समा आयोजित विशेष समारोहमा कोइरालालाई सम्मान गरेको हो । ब्रिटेनको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले कोइरालालाई अवार्ड प्रदान गरेका हुन् । पत्रिकाले अभिनेत्री कोइरालाको सिनेमा, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि उक्त सम्मान गरिएको जनाएको छ ।नि:शुल्क बाँडिने ब्रिटेनको दक्षिण एसियाली समुदायबीच अति लोकप्रिय उक्त समाचारपत्रले दक्षिण एसियाली समुदायका विभिन्न व्यक्तित्वलाई उनीहरुको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छ । सांसद हुसेनले अभिनेत्री कोइरालाले तीन दशक बढी समयमा कला क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको जनाए ।

ताजा / भरखरै प्राप्त

Previous article
लागूऔषध कारोबारमा संलग्न चार जना पक्राउभक्तपुर — अवैध लागूऔषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका-२ को औद्योगिक क्षेत्र अगाडि चेकजाँच गर्ने क्रममा गत २३ असोजमा प्रहरीले सुर्यविनायक नगरपालिका-६ का सुशान्त अर्याललाई स्कुटरको डिकीमा लागुऔषध राखेर लगिरहेको भेटाएको थियो ।अर्याललाई पक्राउ गरी अनुसन्धान गर्नेक्रममा थप तीन जना लागुऔषध कारोबारमा संलग्न रहेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।प्रहरीले मध्यपुरथिमि नगरपालिका-३ बाट काठमाडौंका कृष्णकुमार दास र काठमाडौंको सिनामंगलबाट सप्तरीका दिपेन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो । त्यस्तै, अनुसन्धानकै क्रममा सप्तरीका जितेन्द्रकुमार रमनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।प्रहरीकाअनुसार अर्यालको साथबाट नोर्फिन –४५ एम्पुल , डाईजोपाम – ४५ एम्पुल, फेनेरागन – ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज – १ थान र प्रयोग भएको सिरिन्ज – ६ थान लागूऔषध बरामद भएको थियो ।त्यस्तै, दास र यादवको साथबाट डायजपाम १२५ एम्पुल, बुप्रिनोर्फिन १२५ एम्पुल र प्रोमेथोजिन १२५ उम्पुलसहित पक्राउ गरिएको डिएसपी पाठकले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी परिसरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles