Tuesday, April 22, 2025

४ जनाको मृत्युबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा

ताजा / भरखरै प्राप्त

मुगु । मुगुको छायानाथ रारा नगरपालिका ६, मन्दु गाउँमा चार जनाको मृत्युबारे थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पुगेको छ । घरमै हिजो (शुक्रबार) २६ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, ८ महिनाका अर्का छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव भेटिएको थियो ।
घटनाबारे र त्यसमा संलग्न दोषीबारे थप अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थल पुगेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) भीम ढकालका अनुसार घटनाबारे अनुसन्धान गर्न जुम्लाबाट एक र सुर्खेतबाट दुईवटा टोली खटिएका छन् । जसमध्ये एउटा टोली घटनास्थलमै पुगिसकेको र अरु दुई टोली पुग्दै छ ।
मृतक श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

Previous article
Next article
झडपमा युवकको मृत्यु भएको घटनामा तीन जना पक्राउदैलेखको भैरवी गाउँपालिका–४ सि,लंगीमा भएको झडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।बिहिबार बेलुका भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर–२ का २० बर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको थियो।घटना भएको २४ घण्टाभित्र शुक्रबार बेलुका तीन जनालाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए। पक्राउ पर्नेमा भैरवी गाउँपालिका–४ का झपिन शाही, धर्मराज अधिकारी र मनिषा रिजाल रहेका छन्।उनीहरूलाई भैरवी गाउँपालिकाकै विभिन्न स्थानबाट पक्राउ गरिएको डिएसपी लम्सालले बताए।प्रहरीका अनुसार झडपमा मृत्यु भएका किशोरका जेठान नाता पर्ने सुमन शाही पनि घाईते भएका थिए। उनलाई दुल्लु अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।घाईते भएका किशोरलाई थप उपचारका लागि कर्णाल प्रदेश अस्पताल लगिएको थियो। शुक्रबार बिहान साढे २ बजे उपचाका क्रममा उनको मृत्यु भएको थियो।नियन्त्रणमा लिईएका व्यक्तिहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको डिएसपी लम्सालले जानकारी दिए। मृतकका परिवारले सुर्खेत प्रहरीमार्फत जाहेरी दर्ता गराएको उनले बताए।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles