Monday, April 21, 2025

पोखराको छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् । पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नं को माइक्रो बस उक्त सडक खण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

ताजा / भरखरै प्राप्त

बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्दार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको उनले जानकारी दिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएलगत्तै तत्काल उद्धार हुन सकेका कारण घाइतेलाई चाँडै नै अस्पतालमा पुर्‍याउन सकिएको स्थानीयवासी युवक लामिछानेले जानकारी दिए । घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।

गण्डकी प्रदेश

Previous article
मुगु सामूहिक हत्याकाण्ड अपडेट : शव पोस्टमार्टमका लागि सदरमुकाम लगियोपंखबहादुर शाहीसुर्खेत । तीन सन्तानसहित आमाको हत्या विषयका शनिबार बिहानदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम गमगढी लिएको छ ।मुगुका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँबाट शव उठाएर बीच बाटोमा ल्याइसकिएको जानकारी दिए । मन्दु गाउँ जिल्ला सदरमुकामदेखि २ घण्टा टाढा रहेको छ ।शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles