Monday, April 21, 2025

१३ कार्तिक, वीरगञ्ज । बाराको कलैयामा सोमबार अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका प्राधानाध्यापक गुड्डु भनिने रुपेश सराफको उपचारका क्रममा मृत्यु भएको छ । सर्राफको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोभा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको बाराका डीएसपी दधिराम न्यौपानेले पुष्टि गरे ।

ताजा / भरखरै प्राप्त

सर्राफ बाराको कलैया उपमहानगरपालिका – ६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक हुन् । सोमबार दिउँसो करिब साढे १२ बजेतिर प्रधानाध्यापक सर्राफमाथि गोली प्रहार भएको थियो । दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले सर्राफमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

स्कुलबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका सर्राफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो । उनको छाती र पेटमा दुईवटा गोली लागेको थियो । घाइते सर्राफलाई सुरूमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

सर्राफलाई कसले र किन गोली हानेको बारेमा अहिले सम्म खुल्न सकेको छैन । गोली प्रहार गरी फरार भएकाहरुको खोजी भइरहेको बाराका प्रहरी उपरीक्षक सुरेस काफ्लेले जानकारी दिए ।

मधेश प्रदेश
गोली प्रहार

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles