Monday, April 21, 2025

असारे विकास जसो तसो गर्न भ्याई नभ्याई

ताजा / भरखरै प्राप्त

बारा, असार ३१ गते ।
जिल्लाको १६ वटा स्थानीय तहमा असारे विकास तसो तसो गर्न भ्याई नभ्याई भएको छ । स्थानीय जनप्रतिनिधि, ठेकेदारदेखि पालिकाको कर्मचारीसम्म असारे बजेट सिद्धयाउन अहिले दैनिक विकासका कार्यक्रमहरु सम्पन्न गर्ने कार्यमा लागेका छन् ।
चालु–आर्थिकबर्षको ११ महिना रित्तै भएपनि १२ औं महिना भने असारमसान्तमा भएजतिका सम्पूर्ण विकास, समाप्त गर्न तीनै तहको सरकार लागि परेको अहिले सर्वत्र देखिन्छ ।
नेता तथा पालिका प्रमुख आप्mनै, कर्मचारी आप्mनै, उपभोगक्ता समिति आप्mनै आसेपासे रहेकाले निरीक्षण अनुगमण कागजमै सिमित रहन्छ । सडक ग्रेभेल गर्ने, पक्की नाला निर्माण, आर.सि.सि ढलान, खोला नालामा तटबन्ध, कलभर्ट निर्माण लगायतका योजनाहरु २५ देखि ४० प्रतिशतसम्म कमिशनमा भई रहेको समितिहरु बताउँछन् ।
स्थानीय, प्रदेश र संघिय सरकारमध्ये कुन सरकारको विकास भई रहेको छ, भन्नै गाहे छ, त्यसमा कामगर्ने कामदार, ठेकेदार र विकासको बारेमा बोल्न चाहदैन्, महागढीमाई नगरपालिका–२ निवासी रामबाबु प्रसाद यादवले भन्नुभयो ।
उहाँले भन्नुभयो, मधेशका अधिकाँश ठाउँमा हुने विकासको नाम, ठेकेदार, उपभोग्क्ता समिति र लागतको बारेमा लुकाएर कार्य सम्पन्न गर्ने परिपाटी अहिले पनि कायमै रहेको छ । भई रहेको विकासको बारेमा कहि, कत्तै कुनै पनि होडिङ्ग र्बोड राखिएको छैन् । किन भने, हाकिमदेखि साना दर्जाको कर्मचारीसमेत कमिशनमा लागेको कारण यस्तो हुँदै आएको उहाँले थप्नुभयो ।
सुर्वण गाउँपालिका–२ बगहीमा निर्माण भई रहेको दुई सय मिटर लम्बाई र डेढ मिटर गहिरो नाला, पानी र हिलोमा नै ढलान भई रहेको छ । प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार यादवको आदेशमा हामीले असार मसान्त भित्रै काम सम्पन्न गर्ने बाध्यता रहेको सुपरभाईजर राहुल यादवले बताउनुभयो ।
काम जसो तसो भएपनि हामीलाई पैसा चाहिएको हो, कसैको डर त्रास तथा हाकिम, नेता कसैसँग मतलब पनि नरहेको कामदार राम सोगारथ गिरीले भन्नुभयो, यस्तै असारे विकास एकदुई बर्षमै भत्किने र कारवाही गर्ने भ्रष्ट्राचारी हाकिम नै अनुगमण, निरिक्षण गर्दै आएको स्थानीय बृद्ध गिरघारी प्रसाद यादवले बताउनुभयो ।
विकासको लागि आएको बजेट फ्रिज हुन नदिन अहिले चारै तीर हतार हतारमा असारे विकासको कार्य भइरहेको देखिन्छ । विकासको गुणस्तर चाहे जस्तो होस्, एक बर्ष भित्रमा सम्पन्न हुने कार्य एक÷दुई सातामै पुरागर्ने होडबाजी नै चलेको छ ।
गुणस्तरिय विकास जरुरी छैन्, अहिलेको आवश्यकता कमिशन मुल मन्त्र रहेको निर्माण व्यवसायी संघ बाराका सचिव घिरज प्रसाद जैसवालले भन्नुभयो । नातागोता र आफु नजिक रहेका ब्यक्तिलाई उपभोग्क्ता समिति बनाएर निर्माणको कार्य गर्ने लहर नै चलेको उहाँले बताउनुभयो ।
जबसम्म ईलेक्ट्रोनिक बिद्युतिय प्रणाली (भ्–द्यष्ममष्लन ल्यतष्अभ) बाट सरकारले अनिवार्य रुपमा विकास गर्न नियम लागु गर्दैन् तबसम्म भ्रष्ट्राचार र कमिशन तन्त्र बन्द हुँदैन्, उहाँले भन्नुभयो ।
कलैया, जीतपुरसिमरा उपमहानगरपालिका, सिम्रौनगढ, निजगढ, कोल्हवी, महागढीमाई, नगरपालिका र गाउँपालिकाहरुमा असारे विकासका निर्माण कार्यहरु धमाधाम भई रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles