Saturday, June 28, 2025

पर्सा बाट २० किलोग्राम चरेस बरामद

ताजा / भरखरै प्राप्त

पर्सा, १ साउन ।
प्रहरीले पर्सा जिल्लाबाट करिब २० किलोग्राम चरेस बरामद गरेको छ। पटेर्वा सुगौली गाउँपालिका–४ देउरियाबाट २० किलोग्राम अवैध लागुऔषध चरेस बरामद गरेको हो। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्तीले सोमबार राति बरामद गरेको प्रहरीले जनाएको छ।
सुराकीले दिएको जानकारी अनुसार प्रहरीले सोही वडाको हनुमान मन्दिरको छेउमा बोराभित्र लुकाएर राखेको चरेश फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
बरामद भएको चरेश बारे बिशेष रुपमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles