Monday, April 21, 2025

सुनको मूल्य तोलाकै एक लाख ४७ हजार ८ सय

ताजा / भरखरै प्राप्त

काठमाडौं – आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो । 

यस अघि सोमबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles