Wednesday, March 12, 2025

सिसिटिभी क्यामेरा हस्तानान्तरण

ताजा / भरखरै प्राप्त

बारा, साउन ६ गते ।
सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रहरीलाई दुई वटा सिसिटिभी हस्तानान्तरण गरेका छन् ।
कलैया नगरभित्र बाहिरबाट आउने तथा जाने ब्यक्तिहरुको रेकर्ड राख्न सहजहोस भनी आईतबार बैंकले अत्याधुनिक सिसिटिभी क्यामेरा हस्तानान्तरण गरेको हो ।
सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय कलैयाका प्रबन्धक मनमोहन लाल साहले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई उहाँकै कार्यकक्षमा आज सो सिसिटिभी क्यामेरा हस्तानान्तरण गरेको बैंकका प्रशासकिय अधिकृत रुवी देवले बताईन् ।
कलैयाको सुरक्षा स्थितिमा कुनै प्रकारका गलत गतिबिधि गरी भाग्नेहरुको दृश्य कैद गर्नमा मद्दत तथा अपराधिक गतिविधि गर्ने ब्यक्तिहरुको यकिन पहिचान गर्ने यो अत्याधुनिक सिसिटिभी क्यामेराले सक्दो सहयोग पुग्ने अपेक्षा गरि प्रहरीलाई सहयोग गरिएको प्रबन्धक साहले भन्नुभयो ।
बारा जिल्लामा ४ समेतगरी मुलुकभरी १९६ वटा सिद्धार्थ बैंकको शाखाबाट यसरी बिभिन्न समयमा सहयोग गरिदै आएको तथा आउने दिनमासमेत सहयोग गरिने अधिकृत रुवी देवले बताउनुभयो ।
यसैगरी कलैयामा रहेका करिब एक दर्जन बैंकका बिभिन्न शाखाहरुको प्रबन्धकले सुरक्षाको चुनौतीमा आफुहरुले सिसिटिभी क्यामेरा दिने वाचा गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, अगाडी पछाडी अन्य बैंकका शाखा प्रमुखहरुले पनि आउने दिनमा सिसिटिभी क्यामेरा दिएर कलैयाको नागरिकहरुको जिउ, धनको सुरक्षाका प्रहरीलाई सहयोग गर्ने बताउनुभयो ।
हालका दिनमा कलैयाका बिभिन्न स्थानमा ३० वटा सिसिटिभी क्यामेरा जडान भएपनि पानी र हावाको कारण १० वटा क्यामेरा खराब भएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दघिराम न्यौपानेले जानकारी दिनुभयो ।
अत्याधुनिक सिसिटिभी क्यामेरा हस्तानान्तरण कार्यक्रममा सिद्धार्थ बैंकका शाखा प्रमुख मनमोहन लाल साह, बैंकका कर्मचारी सिद्धार्थ पोद्दार, प्रहरी उपरीक्षक महेन्द्र खड्का, प्रहरी नायब उपरीक्षक दघिराम न्यौपाने, प्रहरी निरीक्षक रादेश खत्रीलगायतका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles