Friday, March 14, 2025

पत्रकार झालाई डा.संदुकलाई कर्मयोगी बद्रीविक्रम थापा स्मृति पुरस्कार प्रदान

ताजा / भरखरै प्राप्त


पर्सा, ७ साउन ।
वरिष्ठ पत्रकार एव् स्तम्भकार चन्द्रकिशोरलाई यसवर्षको कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा पुरस्कार प्रदान गरिने भएको छ ।
कर्मयोगी बद्रीविक्रम थापा स्मृति गुठीले करीब तीन दशकदेखी उहाँकै स्मृतिमा प्रत्येक वर्ष साउन ११ गते आफ्नो वार्षिक उत्सवको अवसरमा सो पुरस्कार प्रदान गर्ने जनाएको छ ।
आफ्नो सत्कर्मको माध्यमबाट समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका संस्था र व्यतिmलाई गुठीदरा स्थापित पुरस्कार सहित सम्मान हरेक वर्ष प्रदान गर्दै आएकोमा यसपालि पनि यसलाई निरन्तरता दिर्दै यस वर्षको पुरस्कार तथा सम्मान दुई जना व्यतिmत्वले पाउने भएको गुठीका अध्यक्ष प्रा.डा.सुरेश राज शर्माले जानकारी दिएका हुन् ।
वरिष्ठ पत्रकार एव् स्तम्भकार चन्द्रकिशोर र डा.संदुक रुईत, जनही २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित पुरस्कृत तथा सम्मानित हुने गुठीकी उपाध्यक्ष रमा शर्माले बताएकी छिन् ।
गत असार २१ गते भएको गुठीको निर्णय अनुसार आफ्नो नियमित स्तम्भ लेखनका साथै पत्रपत्रिकाहरुमा लेखको माध्यमबाट देशको विभिन्न सान्दर्भिक समस्याहरुलाई उठाई विश्लेषणात्मक रुपमा व्यतm गरेको विचार सहरणीय हुनुका साथै विशेषगरी मधेश प्रदेशका जिल्लाहरुको स्वास्थ्य, शिक्षा, जातिय विभेद , छुवाछुत र विकास निर्माणका क्षेत्रमा भएको त्रुटिहरुलाई औल्याउँदै आलोचनात्मक विश्लेषण र सुझाव सहितको सन्तुलित प्रस्तुती तथा राष्ट्रिय आत्मसम्मानको भावना अभिवृद्धि गर्दै समग्र मधेश पहाड हिमाल लगायतका क्षेत्रमा बसोबास गर्ने आम नेपालिहरुको भाषा, संस्कृती साहित्य लगायतका विषयमा पनि आफ्नो लेखनमार्फत पत्रकार झाले उजिल्याउने प्रयास गर्दै आएका छन् ।
सो पुरस्कार साउन ११ गते दिउसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौ, प्रज्ञा सम प्रेक्षालयको सभाहलमा वितरण गरिने गुठीका कोषाध्यक्ष किरण थापाले बताउनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles