पर्सा, ७ साउन ।
दुई जना ूहुण्डी कारोबारीलाई १० लाख अबैध रुपैयाँसहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा बाराको फेटा गाँउपालिका–६ पुरैनिया टोल बस्ने अन्दाजी वर्ष ४१ को सैदुल्ला मियाँ ठकुराई र सोही ठाउँका २२ वर्षिया बागर अंसारी रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भारतको बिहार राज्य आदापुर प्रखण्ड अन्र्तगतको सीमानाका हुँदै नेपाल प्रवेश गरि रहेका ना ३६ प ४५६३ नम्बरको मोटरसाईकललाई सोमबार दिउसो साढे ११ बजे बिश्रामपुर गाउँपालिका–१ घोडासहन भन्ने ठाउँमा सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छतवाका प्रहरी बरिष्ठ नायब निरिक्षक ।सन्तोष के.सि.ले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई स्रोत नखुलेको रकम ओसार पसार गर्ने क्रममा लुकाई छिपाई ल्याई रहेको विभिन्न दरको १० लाख २० हजारसहित पक्राउ गरीएको बाराका प्रहरी प्रवक्ता दघिराम न्यौपानेले जानकारी दिनुभयो । उनीहरु माथि हुण्डी कारोबार सम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उहाँले बताउनुभयो ।