पर्सा, ८ साउन ।
बैकिङ कसुरका १३ वटा मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखाका रामशरण बस्नेत रहेका छन् । उनी विरुद्ध जिल्ला अदालतमा चलेका सात वटा बैकिङ कसुरका र बाँकी ६ वटा मुद्दा काठमाडौंलगायत जिल्लामा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ललितपुरमा दर्ता भएका सात वटा मुद्दामा उनले ३१ लाख रुपैयाँको कारोबार गरेको देखिन्छ।