Saturday, March 15, 2025

माँ दुर्गा रोड क्यारियर्समा प्रहरीको छापा २० लाख बढीको सामान बरामद

ताजा / भरखरै प्राप्त

पर्सा, ८ साउन ।
वीरगञ्जको आदर्शनगरस्थित माँ दुर्गा रोड क्यारियर्समा सशस्त्र प्रहरीले छापा मारेर भन्सार छलिका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनको नेतृत्वमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयबाट नायब सुब्बा विष्णु प्रसाद चौधरीसहितको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१० आदर्शनगरस्थित रहेको माँ दुर्गा रोड क्यारियर्सको गोदाममा छापा मारेको हो।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी र भन्सार कर्मचारीहरूको संयुक्त टोलीले छापा मारेर भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएर गोदाममा भण्डारण गरिएको २० लाख २ हजार पाँचसय रुपैयाँ मूल्य बराबरको आलमण्ड, छोकडा, काजु, कपडा तथा मसलाका सामानहरू बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देवेंद्र सिंहले जानकारी दिए। बरामद गरिएको सामानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles