Sunday, March 16, 2025

हवाई दुर्घटनामा १ महिला र १ विदेशी सहित १८ जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

वीरगञ्ज, ९ साउन ।
आज विहान ११ बजे भएको सौर्य एयरको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मत गराउन पोखराको लागि उडेको सौर्य एयरलाइन्सको विमान उडे लगतै दुर्घटनामा पर्दा आगो लागेपछि विमानमा सवार १९ जना मध्ये एक जना महिला र एक जना विदेशी नागरिक सहित १८ जनाको मृत्यु भएको छ । विमान बाट १ जनाको उद्दार गरिएको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ ।
यसैगरी एकै परिवारका तीन जनाको मृ त्यु, भएको बिमानका प्रविधिकले औफिसमा रहेको श्रीमति र स्कूलमा पढ्दै गरेको छोरालाई पोखरा घुमाउन सोही बिमान ल्गदै गर्दा बिमान दुर्घट्ना हुँदा उनीहरुको मुत्यु भएको हो ।
जहाजका क्याप्टेनको सकुशल उद्धार गरिएको समाचार प्राप्त भएको छ । दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू पनि सवार रहेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य पनि थिए । जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । शाक्यको टाउकोमा चोट लागेको छ । १८ जनाको शव निकालिएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाल प्रहरीले भने १५ जनाको ज्यान गएको र चार जनाको उद्धार गरिएको जनाएको छ ।
बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा लागेको आगो निभाइएको छ । इन्जिन परीक्षणका लागि प्राविधिक र इन्जिनियर लिएर जहाज पोखरातर्फ उड्न लागेको बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles