साउन १० गते ।
रौतहट–सशस्त्र प्रहरी बल रौतहटले स्रोत नखुलेको रकम सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्लाको गौर नगरपालिका वडा नम्बर २ भन्सार ईलाकामा सशस्त्र प्रहरी बल नेपालले प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डबाट संयुक्त रुपमा गएको चेकजाँच टोलीले आज चेकजाँच गर्ने क्रममा ४ लाख ४० हजार नेपाली रुपैयाँसहित ती मानिसलाई नियन्त्रणमा लिएको हो ।
मोटरसाइकिलमा नेपालतर्फ आउदै गरेको अवस्थामा चालक भारतको जिल्ला सितामढी बैरगनिया –८ असोगी टोल निवासी अन्दाजी ४७ वर्ष को प्रदिप कुमार वर्माले मोटरसाइकिलको भाईजर भित्र लुकाई छिपाई राखी ल्याउदै गरेको स्रोत नखुलेको नगद रूपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल ११ नम्बर गण हे.क्वा.रौतहटका प्रमुख एसपी बिक्रम हुमागाइले जानकारी गराउनुु भएका छन् ।
ती भारतीय युवक भारत बैरगनिया तर्फ बाट आउँदै गरेको बि.आर. ३० एसी. ७९१४ नम्बरको हिरो स्पलेण्डरको भाईजरमा लुकाई छिपई गरिलेयाको सो रुपैयाँ बरामद गरिएको थियो ।
बरामद रुपैयाँको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बलले रकमसहित वर्मालाइ नियन्त्रणमा लिएको थियो ।
एसपी हुमागाइका अनुसार विशेष सूचनाको आधारमा ति व्यक्तीलाइ विहिवार बिहान रोकि चेकजाँच गरेको थियो ।
पक्राउ परेका वर्मा ,बरामद रकम र मोटरसाइकिलसहित आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
