धनिषा, १३ साउन ।
धनुषामा तस्करी बढेकाले जनकपुर भन्सार कार्यालयले तोकेको लक्ष्यअनुसार राजस्व उठाउन सकेको छैन ।
भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को असार सम्ममा ४४ करोड ५४ लाख ८७ हजार राजस्व संकलन गरेको जनाएको हो ।कार्यालयले चालू आवमा ५१ करोड ७४ लाख ९० हजार राजस्व संकलनको लक्ष्य लिएको जनकपुर भन्सार कार्यालयका सूचना अधिकारी रबिन्सलाल दासले बताउनु भयो ।
गत आव २०७९/८० को तुलनामा चालू आवको असार २५ गतेसम्ममा उक्त भन्सारको राजस्व करीब ४४ प्रतिशतले बढेको छ । गतवर्ष कार्यालयले ४९ करोड ४४ लाख ५१ हजार राजस्व संकलनको गरेकोमा ३० करोड ९६ लाख ६८ हजार असुली गरेको थियो ।
भन्सार कार्यालय जनकपुरको जटही नाकाबाट आयात हुने प्रमुख वस्तुमा कपडा, खेलकुदका सामग्री, हार्डवेयर र रासायनिक मल लगायत रहेको छ ।
कार्यालयले राजस्व असुली बढाउन सीमा नाकाहरूमा नियमित अनुगमन, सुरक्षाकर्मीसँग समन्वय र सहकार्यमा जोड दिए पनि प्रहरीले आफ्नो जिम्मेवारी वहन नगर्दा भन्सार कार्यालयले लगातार घाटा व्यहोरिरहेको सूचना अधिकारी दासले भन्नुभयो ।
खुला सीमा नाका कारण दैनिक ठूलो परिणामले हुने अवैध चोरी पैठारी प्रहरीकै मिलोमतोमा हुने गरेकाले तोकिएको लक्ष्य बेटाउन नसकेको भन्सार कर्मचारीहरुले बताएका छन् ।
भन्सार एरियामा परिचालन भएका सुरक्षाकर्मीहरूको मिलेमतोमा तस्करी हुदै आएको भएपनि भन्सार र प्रहरीले एक अर्कोको बेलाबेला आरोप लाग्दै आएका छन् ।
यसरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोसाक र युनिफममा प्रहरी ड्युटीमा रहेपनि दैनिक भन्सार छली चोरी पैठारी भएको कारण यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा परेको छ ।
बर्सेनि राजस्व गिरावट हुनुको प्रमुख कारण नै यही भएको बिज्ञहरुको भनाइ रहेको छ । राजस्वको लक्ष्य भेटाउन नसक्नुको प्रमुख कारण भने आयात घट्नु जनकपुर भन्सार कार्यालयले जनाएको छ ।
सीमा क्षेत्रमा जति सुरक्षा नीति अपनाए पनि तस्करी नियन्त्रण भएको देखिँदैन । यसको प्रभाव राजस्व सङ्कलनमा परेको देखिन्छ ।
नेपालबाट मुख्यतः रक्सी, स्याउ, कोलगेट टुथपेस्ट, फेयर लबली, सुपारी लगायतका मालसामान भारत पठाउने गरिएको छ । ठुला ब्यापारीहरुले भारतबाट रातारात लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनीलगायतका मालसामान ओसार्ने गरेको देखिन्छ ।
भारतसँग जोडिएको मधेश प्रदेशको आठै जिल्लाको झण्डै ४ सय ६६ किलोमिटर भन्दा बढी दूरीको खुल्ला सीमाना छ । जसमध्ये धनुषामा झण्डै ४९ किलोमिटर पर्दछ ।
खुल्ला सीमाका कारण हुँदै आएको आपराधिक र अबैध कारोबार नियन्त्रणका लागि सरकारले बाक्लै सुरक्षाकर्मी परिचालन गरे पनि तस्करी फस्टाएको छ ।
ठुलो चोरी पैठारी तस्करी गर्नेहरू
राजिव महासेठ, सुरेश साह, जिदेन्द्र कर्ण, मुन्ना गुप्ता, सन्तोष पुर्बे, एहसान मियाँ, बर्तुल्ला, सेखफर्मान, सम्मतुल्ला, लगायतका तस्करी गर्नेहरूछन् ।