
काठमाण्डौं, ३२ साउन ।
भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्।मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेका छन्।कोइरालाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ ।
काठमाडौंका कपन बस्दै आएका कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनालगत्तै बिहीबार प्रहरीले मृतक महिला रहेको बताएको थियो । पछि मृतक भनिएकी महिला नै प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । त्यसपछि थप खोजी गर्दै जाँदा साँझमात्रै प्रहरीले मृत्यु हुनेमा पुरूष रहेको बताएको थियो । गठ्ठाघरको दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।