बारा, ३२ साउन ।
घरेलु तथा साना उद्योग कार्यालय बाराले ०८०÷०८१ मा घरेलु ६५८, वाणिज्य (पसल) ६८५ समेत गरी १२८३ वटा साना घरेलु उद्योग दर्ता गरिएको कुरा सो कार्यालयका प्रमुख धर्मेन्द्र लाल कर्णबाट थाहा भएको छ ।
दर्ता भएका साना तथा घरेलु उद्योग रु।२ अर्ब २२ करोड १७ लाख ८८ हजार ६२७ कुल पुजीको लागतमा प्राईभेट एंव् साझेदारी फर्म र प्रा।लि।समेत ६५८ साना उद्योगको रु।३ अर्ब ४६ करोड ३ लाख ५५ हजार वार्षिक उत्पादन क्षमता भएको सो उद्योगले महिला, पुरुषगरी १५४१ जनालाई रोजगारी हुने कुरा पनि थाहा भएको छ ।
दर्ता रहेका साना घरेलु उद्योगहरु मध्ये वाणिज्य (पसल) तर्फ २२९ वटा र साना उद्योग तर्फ १६० समेत गरी ३८९ वटा साना उद्योगको लगत कट्टा खारेज गरिएको कुरा पनि थाहा भएको छ ।
दर्ता रहेका वाणिज्य (पसल) तर्फ १३९६ वटा र साना घरेलु तर्फ १०१७ वटासमेत गरी २४१३ वटा साना उद्योगले नविकरण गरिएको र दर्ता नविकरण समेतबाट रु.९६ लाख ४५ हजार २५० राजश्वसमेत संकलन भएको छ । सो कार्यालयका कर अधिकृत उपेन्द्र यादवबाट थाहा भएको छ ।