
पर्सा 32 श्रावन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा घुष लिदै गर्दा पक्राउ परेका नेपाल प्रहरीका हवल्दार डुक बहादुर खड्का लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी कुबेर कडायतले परिचालन गरेका घुमुवा भएको खुलेको छ ।
डिआइजी कडायतकाे आदेशले नै हवल्दार खड्का पश्चिम नवलपरासीको भुजुवा प्रहरी चाैकीमा दरबन्दी भए पनि रूपन्देहीको भैरहवा बसपार्कमा काजमा खटिएका थिए। कुनै पनि प्रहरीलाई दरबन्दी बाहेक अन्य जिल्लामा काजमा खटाउन डिआइजीकाे आदेश अनिवार्य नै हुन्छ ।
त्यसै अनुसार हवल्दार खड्का भैरहवा बसपार्कमा खटिएका थिए।
भैरहवा बसपार्क अतिरिक्त आम्दानीको हिसाबले अति आक्रषक मानिन्छ ।
त्यसैले पनि खड्का डिआइजीकाे आदेशले रूपन्देही काजमा आएर साेझै बसपार्कमा खटिएका थिए। एकजना प्रहरी अधिकृत भन्दै थिए , “डिआइजी सा” प त्यस्तो नराम्रो मान्छे हाेइन तर उहाँलाई कसैले घुमाई रहेको छ, उहाँकाे नाममा रूपन्देही र बांकेमा रकम उठाउने गरेको पनि सुनिन्छ ।”
हुन पनि भैरहवा र बांकेका क्यासिनोहरूबाट डिआइजीकाे नाममा मासिक रकम उठिरहेको पनि ती प्रहरी अधिकृतले दाबी गरे। सई दर्जाका बहालवाला प्रहरीले नै डिआइजीकाे नाममा भैरहवा र नेपालगंजका क्यासिनोबाट रकम उठाउने गरेको ती अधिकृतले बताए ।
यसबाहेक केही तस्कर र व्यापारीहरूसंग पनि उहाँको नाममा रकम लिने गरेको व्यवसायीहरूले बताउने गरेको पश्चिम नवलपरासीका एक व्यवसायी बताउँछन् । तर यो सबै कुरा डिआइजी स्वयंलाई थाहा छ छैन ,उनले प्रश्न गरे।
भन्सार छलेर ल्याएका सामानको सहयोग गर्न भन्दै व्यवसायीबाट १५ हजार रुपैयाँ घुस लिने रूपन्देहीका प्रहरी हबल्दार पक्राउ अख्तियारको नियन्त्रणमा परेका ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नवलपरासी भैरहवास्थित अस्थायी प्रहरी बिट बसपार्कमा कार्यरत प्रहरी हबल्दार डुकबहादुर खड्का बिहीबार साँझ पक्राउ गरेको हो । नवलपरासी सुस्तापश्चिमको भुजुवा प्रहरी चौकीमा दरबन्दी भएका खड्का नेपाल–भारत सिमानानजिक पर्ने भैरहवाको बसपार्कमा काजमा कार्यरत थिए ।भारतको भगवानपुर नाका हुँदै भन्सार छलेर अवैध रूपमा सामान ल्याउन सहजीकरण गर्ने गरी उनले व्यवसायीबाट घुस मागेको उजुरी परेको थियो ।
सेवाग्राहीको उजुरीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।
घिमिरेका अनुसार हबल्दार खड्कालाई रूपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित सिमरहाचोक नजिकबाट नियन्त्रणमा लिइएको थियो ।