Monday, March 17, 2025

रौतहट जिल्लामा नक्कली प्रहरी पक्राउ

ताजा / भरखरै प्राप्त


रौतहट, ३२ साउन ।

रौतहटमा एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय माधवनारयण नगरपालिका १ का २४ वर्षीय रमेश साह रहेका छन् ।
उनलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । उनीमाथि (सार्वजनिक अपराध) अभद्र व्यवहार मुदुदा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत ड्डमरिया बजारमा गत मंगलबार राती ११ बजे आरोपी रमेशले आफू सादा पोसाकको घुमुवा प्रहरी हूँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा असुल गर्ने योजना बनाएको भनी इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा सूचना आएको प्रहरीले जनाएको छ ।
सोही सूचनाका आधारमा साहलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles