
पर्सा, ३२ साउन ।
बिरगंज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार गेट अगाडीबाट वीरगन्जका सशस्त्र प्रहरी बलले १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट ९भेप० बरामद गरेको छ ।
ुभारततर्फ लैजानका लागि बाटोमा रोकिराखेको टाँगाबाट सो भेप बरामद भएको हो । यसअघि पर्सा प्रहरीले गत साउन २४ गते पाँच करोड मूल्य पर्ने ७६ कार्टुन इलेक्ट्रिक भेप बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयले पर्साले वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रेल्वेरोडस्थित रामप्रसाद बैरेको पक्की घरमा भाडामा दिएको कोठाबाट ७६ कार्टुन अर्थात १५ हजार दुई सय थान इलेक्ट्रिक भेप पर्साका नेपाल प्रहरीले बरामद गरेको थियो ।