Wednesday, March 19, 2025

पर्सा प्रहरी प्रमुखको ठुलो सफलता भेपदेखि चरेस गाँजासम्म को अपरेशनस्

ताजा / भरखरै प्राप्त

पर्सा १ भाद्र
पर्सा,जिल्लाका,नेपाल प्रहरीले ४८९ केजी लागू औषध गाँजा,चरेश तस्करलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली गाउँका फुलसरिफ मियाँलाई गाँजा र चरेशसहित पर्साका पटेरवासुगौलि गाउँपालिका वडा नम्बर ४ अकवागाउँ बाट ४० वर्षसिय फुलसरिफ मियाँलाई पर्साका प्रहरीले पक्राउ गरेका छन् ।

यस् अघि पर्साका प्रहरीले गत साउन २४ गते पाँच करोड मुल्य पर्ने ७६ काटुन इलेक्ट्रिक भेप बरामद गरेको थियो, जिल्ला प्रहरी कार्यालय पर्साले बिरगंज महानगपालिका वडा नम्बर ६ रेल्वेरोड स्थित रामप्रसाद साह को घरमा ७६ काटुन अर्थात १५ हजार दुई सय थान इलेक्ट्रिक भेप पर्साका नेपाल प्रहरीले पक्राउ गरेको थियो ।
ठूलो परिमाणमा विभिन्न किसिमका लागूऔषधहरू खरिद बिक्री भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मियाँलाई बाँसघारीमा शंकास्पद रूपमा लुकिरहेको अवस्थामा फेला पारेको थियो । नियन्त्रणमा लिँदा उनको साथबाट ३० किलो लागूऔषध गाँजा फेला परिएको थियो ।

प्रारम्भिक सोधपुछ गर्दा बाँसघारी नजिक खाल्डो खनी बोराभित्र राखिएको मियाँले बताएपछि त्यहाँबाट थप ठूलो परिमाणमा लागूऔषध बरामद भएको थियो । खाल्डोबाट १ सय ९२ किलो लागूऔषध चरेस र २ सय ६७ किलो गाँजाको धुलो ९पोलाण्ड० फेला परेको थियो ।
पर्साका प्रहरीले पत्रकार सम्मेलन गरी शुक्रबार मियाँलाई लागूऔषधसहित सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा पर्साका (एसपी) कुमोध ढुंगेलले पर्सा प्रहरीले मियाँ पक्राउ पर्दा ठूलो सफलता पाएको दाबी गरे ।
उनले लागूऔषधको कारोबार नेपाल प्रहरीका लागिमात्र नभई भारत प्रहरीका लागि पनि ठूलो चुनौती रहेको बताए ।
सीमावर्ती जिल्लाहरुबाट यस्ता लागूऔषध प्रायः भारत लग्ने गरिन्छ ।
नेपाल र भारत दुवै तर्फका लागूऔषध कारोबारीहरुको संलग्नतामा यस्ता लागूऔषधका ठूला कारोबार हुने गर्छन् ।
साउन महिनाको शुक्रबारसम्ममा गरी ४ महिला र २६ पुरुषलाई जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित पक्राउ गरिएको हो,
पर्साका नेपाल प्रहरी प्रमुख
(एसपी) कुमोध ढुंगेलले
बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles