पर्सा ६ भद्रौ

बारा जिल्लाको विश्रामपुर गाउँपालिकाको मुसहर्वा नाकाबाट सुरक्षाकर्मिको सेटिङ्गगमा तस्करी फस्टाएका छन् ।
उक्त नाका भएर भारतबाट नेपाल तर्फ मोटर साइकल र साईकलमा ल्याएर नै तस्करी गराउने कार्य सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा सेटिङ्गगमा तस्करी सुरु भएका छन् स्थानीयहरूले बताउँछन् ।
बाराका प्रहरीहरूलाई मोटो रकम दिइ राजनितिक संरक्षणमा महिनौ देखि सो नाकाबाट मोटरसाइकल र साइकलको माध्यमबाट बोरामा राखेर काजु र किसमिसको समेत तस्करी फस्टाएको स्थानियहरु प्रत्यक्षदशीहरुले जानकारी गराएको छन् ।
सशस्त्र प्रहरी बल बेश प्रहरी चाैकि छतवा बरैनियाको मिलोमतोमा ठूलो मात्रामा कबाडी ,चाईनीज स्याउ, युनिलिभरको फेयर एण्ड डाबर क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा सुपारि छोकडा, जुटको बोराको ठूलो मात्रामा समेत तस्करी भइरहेको छ ।
मुसहर्वा नाकाका सशस्त्र प्रहरी बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य र सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको सेटिङ मिलाएर यहाँबाट ठूलो मात्रामा तस्करी सुरु भएको भएको छ ।
त्यस्तै काजुको लाईन पाउनेमा संदेश कुशुवाह,
इब्राहिम अंसारी,
अनिल साह,
गजनन्द र संदिप वर्णवाल रहेका छन् ।
अहिले मुसहर्वा नाकाबाट कबाडीको तस्करी ,चाईनीज कस्मेटिक, सुपारी,छोकडाको व्यापक तस्करी भइरहेको छ ।
सशस्त्र प्रहरीको मुसहर्वामा रहेको बीओपीका प्रमुख
लाखौं रुपैयाँको नजराना बुझी तस्करीका लाईन दिएका छन् ।
नाम नछाप्ने शर्तमा तस्करी गर्ने एक तस्करले बताएका छन् ।
उक्त नाकाबाट राती मात्र नभई दिनमा पनि २०-२५ महिलाको प्रयोग गरि आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जो कोहीले देख्ने गरेका छन् ।
बारा जिल्लाको बिभिन्न नाका बि.औ.पि. गोलागंज,
बि.औ.पि.बेलदारी,
सशस्त्रका गुल्म गुुल्मामा बस्ने डिएसपी पिपरपाती, नाका
हुदै तस्करी फस्टाएपनि माथिल्लो निकायको मौनता नै सशस्त्र प्रहरी प्रमुखको इमान्दारीता माथि प्रश्न चिन्ह खडा गरेको छ ।
सशस्त्र प्रहरीको कमाण्डरहरुको माध्यमले माथिल्लो निकायमा नजराना पुग्न थालेपछि माथिल्लो निकायले मौन धारण गरेर बसीरहेको
छन् ।
बुझ्न सकिन्छ ।