
पर्सा, ८ भद्रौ
सिन्धुलीको सुनकोशी नदीमा गाडी
खसेको छ ।
सुन कोशी नदीमा गाडी खसेको हाइलक्स गाडी भक्तपुरबाट खोटाङको हलेसी मन्दिरमा दर्शन गर्नको लागि गएको र
दर्शन गरेर फर्किने क्रममा सिन्धुलीको गोलान्जोर नजिक सुनकोशी नदीमा गाडी खसेको हो ।
गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् भने १ जना पौडेर बाहिर निस्कन सफल भएका छन् ।
उनको उपचार सिन्धुली
शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भईरहेको प्रहरीले
जनाएको छ ।
घटना स्थलमा प्रहरीको टोलीले खोजीकार्य गर्दै
छन् ।
नदीमा खसेर बेत्ताभएको गाडीसहित सवार यात्रीहरूको खोजीकार्यकालागि घटना स्थलमा हाल ४० जना प्रहरीको टोली खटिएका छन् ।
सिन्धुली जिल्लाको
जिल्लाप्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९ एसपी ० गोविन्दराज काफ्लेले जानकारी दिएका छन् ।