Monday, April 21, 2025

सीमामा खटिने प्रहरी नै आईजीपी हो, राजश्व चुहावट नियन्त्रण गर्नू:

ताजा / भरखरै प्राप्त


पर्सा, ८ भद्रौ
सशस्त्र आईजीपी
अर्याल ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मीको संगठन प्रमुख (आइजीपी) सरह जिम्मेवारी
भएको बताएताउनु
भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयको सातौं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै अर्यालले यस्तो बताएका हुन् ।

उनले सीमा सुरक्षाका लागि पालेको रुपमा तैनाथ एक सय जनामध्ये १ जनाले मात्र गल्ती गरेमा सम्पूर्ण संगठनकै बद्‌नाम हुने भएकाले आफ्नो राष्ट्र र राष्ट्रको झण्डा ख्याल राखेर काम गर्न निर्देशन दिएक छन् ।

लुम्बिनी आर्थिक, राजनीतिक, धार्मिक रुपले विशिष्ट प्रदेश भएकाले यस्तो अवस्थामा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै
उनले राजश्व चुहावट नियन्त्रण प्रभावकारी भूमिका खेल्न निर्देशन पनि दिएका छन् ।

‘सीमा रक्षामा मोहिलजा देखाएर सह्य हुँदैन ।

अपराधीलाई बचाउनु पनि अपराध हो ।
ख्याल पनि गर्नुहोला ।

सबैले कमाण्डरको भावनाले काम गर्नुस् । ड्युटीमा खटिने व्यक्ति नै आइजीपी हो’, ,
आईजीपी अर्यालले भनेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles