Monday, April 21, 2025

वीरगंज महानगरको भ्रष्टाचार विरुद्ध शिक्षक महासंघको पत्रकार सम्मेलन,

ताजा / भरखरै प्राप्त

पर्सा, ८ भद्रौ
दरबन्दी मिलान खारेज नगरे आन्दोलन गर्ने चेतावनी
वीरगंज सिटी
शनिबार, भदौ ८, २०८१

नेपाल शिक्षक महासंघ पर्साले वीरगंज महानगरपालिकामा व्याप्त भ्रष्टाचारविरुद्ध पत्रकार सम्मेलन गरेको छ ।

सम्मेलनमा शिक्षक जस्तो पवित्र पेशामा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण र महानगरका मेयर राजेशमान सिंहले गरेको भ्रष्टाचारको विषयमा विभिन्न प्रमाणहरू प्रस्तुत गरिएका थिए ।

पत्रकार सम्मेलनमा महासंघले वीरगंज महानगरपालिकाले दरबन्दी मिलानको नाममा ३ सयभन्दा बढी शिक्षकसँग बार्गेनिङ्ग गरी घूस लिएको आरोप लगाएको छ ।

दरबन्दी मिलान समितिमा रहेका शिक्षा महासाखा प्रमुख अरविन्दलाल कर्ण, विनोद मेहता, हरिन्द्र चौरसिया छन् तर मेयर राजेशमान सिंह, उनकी श्रीमति अन्नपूर्णा मनन्धर, र भतिज रुपशमान श्रेष्ठले विभिन्न माध्यमबाट शिक्षकहरूबाट घूस लिएको शिक्षकहरुले नै आरोप लगाएका छन् ।

शिक्षा महासाखा प्रमुख अरविन्दलाल कर्ण यसमा प्रमुख भुमिका छन् प्रति शिक्षक २० हजारदेखि १ लाख रुपैयाँसम्म घुस लिएको शिक्षकहरूको आरोप छ ।

महासंघका अध्यक्ष तिर्थराज यादवले मनोमानी ढंगले शिक्षकहरूलाई सरुवा गरिएको, योग्यता नपुगेका शिक्षकलाई प्रधानाध्यापक बनाइएको, र शिक्षा ऐन २०२८ ९संशोधन २०५९० विपरीत कार्य गरिएको आरोप लगाए ।

वीरगंज महानगरपालिकाले ऐनको उल्लंघन गर्दै घूसको आधारमा नजिकको विद्यालयमा सरुवा गरेको र अन्य शिक्षकलाइ १५र२० किलोमिटर टाढा सरूवा गरेको बताए ।

पत्रकार सम्मेलनमा महासंघका पदाधिकारीहरूले शिक्षकहरूले शिक्षा प्रमुखको घरमा तरकारी पुर्याउनेलाइ विशेष सुविधा दिएको आरोप लगाए ।

विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गर्नुपर्ने प्रावधान विपरीत, बरिष्ठ शिक्षकहरूलाई दुःख दिने काम भएको महासंघले आरोप लगाएको छ ।

प्रमुख अरविन्दलाल कर्ण, मेयर राजेशमान सिंह, र उनकी श्रीमति अन्नपूर्णा मनन्धरले बोर्ड बैठकमा हस्ताक्षर गराएर आफ्नो मनपरी निर्णय लिने गरेको शिक्षकहरूको आरोप छ ।

यहाँसम्मकी बैठकको उपस्थतीमा हस्ताक्षर गरेर निर्णयमा कहिलेपनी हस्ताक्षर नगराउने गरेको उनिहरूले बताए ।

यसैगरी पत्रकार सम्मेलनमा १६ सय पर्ने एउटा पंखाको तीन हजार बिल बनाएर पठाएर १४ सय सम्म भ्रष्टाचार गरेको र आवश्यक्ता नभएको ठाउँमा पंखा पठाएर अनियमितता गरेको आरोप लगाएको थियो ।

मेयरका आफन्त राजेश थापा र वडा नम्बर तीनका वडा अध्यक्ष बैजुलाल स्वर्णकारको छोराले प्रत्येक विद्यालयमा एकवर्षपछि पंखाको बिल तीनरतीन हजार दरले पठाएको बताएका थिए ।

पत्रकार सम्मेलनमा शिक्षक सुमित्रा पाण्डे, हासिम अन्सारी, प्रदीप कुमार, शिवनाथ थारु, भरत गिरी, र रमेश चौधरी लगायतको उपस्थिति रहेको थियो । साभार ।

एकवर्ष वितिशक्दा पनी सार्वजनिक नाला माथि बनेको हरिखेतान क्याम्पस र भारतीय दुतावसको संरचना हटाउन सकेनन् मेयर सिंह ।

साहिब दरबारमा ‘मीटिंग हल’ का लागी विना प्रमाण मेयर सिंहले बाडे १० लाख रुपैयाँ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles